केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पाकिस्तानमा असामान्य वर्षा र चट्याङका कारण ३९जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । वैशाख ४, पाकिस्तानमा केही दिनदेखिको असामान्य वर्षा र चट्याङका कारण कम्तीमा ३९ जनाको मृत्यु भएको छ ।

मृतकमध्ये केही गहुँ काट्ने क्रममा चट्याङ लागेर मारिएका किसान रहेका पाकिस्तानी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण ९एनडीएमए० ले आउँदा दिनमा थप वर्षा हुने भएकाले पहिरो र आकस्मिक बाढीको चेतावनी दिएको छ ।

पाकिस्तानको सबैभन्दा ठूलो र बढी जनसङ्ख्या भएको प्रान्त पन्जाबमा शुक्रवारदेखि आइतवारसम्म चट्याङ लागेर २१ जनाको ज्यान गएको खबरमा उल्लेख छ ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले एनडीएमएलाई प्रान्तहरूसँग समन्वय गर्न र क्षति भएका क्षेत्रहरूमा राहत सामग्री प्रदान गर्न भन्नुभएको छ ।

पाकिस्तान अप्रत्याशित मौसमी ढाँचाका साथै प्रायः विनाशकारी मनसुनी वर्षाको जोखिममा रहेको छ । पाकिस्तानमा सामान्यतया जुलाईमा मनसुनी वर्षा हुने गर्छ ।

 

प्रकाशित : 16 April, 2024

प्रतिक्रिया दिनुहोस्