केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सांसदहरूको कोरम नपुगेपछि अन्तर्राष्ट्रिय समितिको बैठक स्थगित

सहयात्रा टिभी

काठमाडौं । वैशाख ४, पर्याप्त संख्यामा सांसदहरू उपस्थित नहुँदा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित भएको छ ।

मंगलबार बिहान साढे १० बजेका लागि समितिको बैठक बोलाइएको थियो । बैठकका लागि उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ समयमै पुगेका थिए ।

तोकिएको समयभन्दा १५ मिनेट पछिसम्म पनि कोरम नपुगेपछि बैठक स्थगित गरिएको हो । बैठक सञ्चालनका लागि १४ जना सांसद हुनुपर्ने थियो ।

तर ८ जनामात्रै सांसद उपस्थित भएपछि मन्त्री श्रेष्ठ समितिको बैठक हलबाट बाहिरिएका थिए । मन्त्री श्रेष्ठपछि सचिव र कर्मचारीहरू पनि बैठक छोडेर बाहिरिए ।

आजको बैठकमा सरकारको तर्फबाट पछिल्लो समयमा भएका वैदेशिक भ्रमणहरूको विवरण, इजरायल, रुस र युक्रेनमा रहेका नेपालीहरूको विवरण र अवस्थाको बारेमा छलफल गर्ने कार्यसूची थियो ।

 

 

प्रकाशित : 16 April, 2024

प्रतिक्रिया दिनुहोस्