केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अर्थका सहसचिव शाक्यले पाए धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी

सहयात्रा टिभी

काठमाडौं । वैशाख ४, नेपाल धितोपत्र बोर्डको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्यले पाएका छन् ।

तत्कालका लागि बोर्ड अध्यक्षको जिम्मेवारी सहसचिव शाक्यले पाएका हुन् । अहिले अर्थ मन्त्रालयबाट शाक्यले बोर्ड सञ्चालक समिति सदस्यका रूपमा प्रतिनिधित्व गरिरहेका छन् ।

धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ७ मा अध्यक्षको नियुक्ति सम्बन्धी व्यवस्था संशोधन गरिएसँगै शाक्यले अध्यक्षको हैसियत पाएका हुन् ।

संशोधित व्यवस्थामा बोर्ड अध्यक्ष पद रिक्त रहे मन्त्रालयबाट बोर्डमा प्रतिनिधित्व गर्ने सदस्यले नै अध्यक्षको हैसियतमा काम गर्ने उल्लेख छ ।

यही बुँदाका कारण शाक्यले तत्कालका लागि अध्यक्ष पद सम्हालेका हुन् । यसअघि सरकारले बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारीलाई निमित्त अध्यक्षको जिम्मा दिएको थियो । रमेशकुमार हमालले कार्यकाल सकेर बाहिरिएपछि बोर्डको अध्यक्ष पद रिक्त छ ।

 

 

प्रकाशित : 16 April, 2024

प्रतिक्रिया दिनुहोस्