१५ महिनाभित्र तीन पटक विश्वासको मत लिनु नेपालको विशेषता : प्रचण्ड

काठमाडौं । वैशाख ४, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १५ महिनाभित्र तीन पटक विश्वासको मत लिनु नेपालको विशेषत भएको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले कुनै दलले आफू पूर्ण रुपमा राजनीतिक प्रक्रियाबाट अलग भएको महशुस नहोस् भनेर काँग्रेसबाट राष्ट्रपति निर्वाचित गर्न सहयोगगरेको जिकिर गरे ।
दोस्रो समीकरण बनाउँदै गर्दा मैले राष्ट्रपति नेपाली कांग्रेसलाई दिउँ भन्ने थियो । मानिसहरुले अस्थिरताको आरोप पनि लगाए । तर गहिरिएर विचार गर्दा र इमान्दारिताका साथ कुरा राख्दा राष्ट्रिय शक्तिको वातावरण नबिग्रियोस् भन्ने थियो’, उनले भने ।
प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार नियन्त्रणमा संलग्न निकायलाई कानुन, जनशक्ति, श्रोत र साधनसहित अधिकार सम्पन्न बनाई भ्रष्टाचार नियन्त्रण र सदाचारको प्रत्याभूति दिलाउने पनि बताए ।