केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जमुनाह नाकाबाट भारत लैजाँदै गरेको १२८० प्याकेट चुरोट बरामद

सहयात्रा टिभी

काठमाडौं । वैशाख ५, बाँकेको जमुनाह नाकाबाट अवैध रुपमा भारत लैजाँदै गरेको चुरोट प्रहरीले बरामद गरेको छ ।

प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका-१५ जमुनाहबाट करिब एक लाख ५८ हजार ७२० मूल्य बराबरको १२८० प्याकेट खुकुरी चुरोट बरामद गरेको हो ।

अवैध रुपमा नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलीले चुरोट बरामद गरेको हो ।

चुरोटसहित ढुवानीमा संलग्न तीन जना व्यक्ति पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । बरामद भएको चुरोटसहित पक्राउ परेका तीनै जनालाई भन्सार कार्यालय पठाइएको छ ।

प्रकाशित : 17 April, 2024

प्रतिक्रिया दिनुहोस्