केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चितवनको निकुञ्जभित्र भूमिगत तार पुनः पड्किएपछि विद्युत् अवरुद्ध

सहयात्रा टिभी

काठमाडौं । वैशाख ५, चितवन राष्ट्रिय निकुञ्जभित्र बिजुलीको भूमिगत तार (केबल) मा समस्या आएपछि माडीमा विद्युत् सेवा अवरुद्ध भएको छ । सोमबार राति भूमिगत तार पड्किएपछि विद्युत् अवरुद्ध भएको हो ।

अवरुद्ध सेवा मर्मतपछि मंगलबार साँझदेखि ५ बजेसम्म सञ्चालनमा आए पनि आज बिहान केबल पुनः पड्किएपछि विद्युत् अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रका प्रमुख इन्जिनियर विनोद सापकोटाले जानकारी दिए ।

उनले निकुञ्जभित्र पड्किएको तार मर्मतको काम सुरु गरिसकिएको बताए ।

 

 

प्रकाशित : 17 April, 2024

प्रतिक्रिया दिनुहोस्