केपी ओली प्रचण्ड माधव नेपाल एमाले


शक्तिशाली मौसमी घटना एल निनोको प्रभाव सकियो : वैज्ञानिक

सहयात्रा टिभी

काठमाडौं । वैशाख ५,  विश्वको तापक्रमलाई नयाँ उचाइमा पुर्‍याउने शक्तिशाली मौसमी घटना ुएल निनोु को प्रभाव सकिएको वैज्ञानिकले बताएका छन् ।

अष्ट्रेलियाको मौसम विज्ञान ब्यूरोले एल निनोको प्रभाव सकिएर प्रशान्त महासागर पर्याप्त रूपमा चिसो भएको बताएको बीबीसीले जनाएको छ ।

गएको जुन महिनामा प्रशान्त महासागरको पानी प्राकृतिक रुपमै तातेपछि देखिने मौसमी असर एल निनो शुरु भएको थियो ।

त्यही जुनदेखि मार्चसम्म लगातार १० महिना विश्वको तापक्रम अहिलेसम्मकै उच्च भएको छ । तापक्रम उच्च हुनुमा जलवायु परिवर्तनसँगै एल निनो को प्रभाव रहेको वैज्ञानिकको भनाई छ ।

एल निनो को प्रभाव सकिएकोले अब हुने तापक्रमले जलावायु परिवर्तनको मात्रै असरबारेमा थाहा हुने अनुसन्धानकर्ताले बताएका छन् । हरेक दुईदेखि सात वर्षको अन्तरमा एल निनो को असर देखिने गरेको छ । तर त्यसको प्रभाव भने कम वा बढी हुन हुन्छ । यसअघि सन् २०१६ मा एल निनो पूर्ण रुपमा सक्रिय भएको थियो ।

यस पटक देखिएको एल निनो को प्रभाव भने सन् १९५० यताकै शक्तिशाली रहेको अष्ट्रेलियाको मौसम विज्ञान ब्यूरोले जनाएको छ । यस पटक देखिएको ‘एल निनो’ को प्रभाव चीनदेखि अमेरिकासम्मका धेरैजसो भागमा देखिएको छ ।

यस बर्षको एल निनो गएको डिसेम्बरमा उत्कर्षमा पुगेको थियो । एल निनोका कारण तापक्रममा उच्च वृद्धिसँगै विभिन्न ठाउँमा लु चल्ने तथा अत्याधिक बर्षा भएर बाढी पहिरोका घटना बढेका छन् । अब तापक्रम उच्च हुने क्रम कम हुँदै जलवायुजन्य घटना कम हुन सक्ने वैज्ञानिकको आशा छ । तर जलावायु परिवर्तनको असर भने रहिरहन्छ ।

 

प्रकाशित : 17 April, 2024

प्रतिक्रिया दिनुहोस्