केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गण्डकीको सभा बैठक बोलाइएको विषयमा कांग्रेसको आपत्ति

सहयात्रा टिभी

काठमाडौं । वैशाख ५, गण्डकी प्रदेश सभाको बैठक बोलाइएको विषयमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

बुधबार गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले ७ वैशाख दिउँसो ३ बजेका लागि प्रदेश सभा अधिवेशन आह्वान गरेका छन् ।

मुख्यमन्त्री नियुक्तिका विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा प्रदेश सभाको अधिवेशन बोलाउनु गलत भएको नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले बताएका छन् ।

गण्डकीमा सभामुखको समेत समर्थनमा मुख्यमन्त्री नियुक्त भएपछि पाण्डे त्यसविरुद्ध सर्वोच्च अदालत गएका थिए । अदालतले २८ चैतमा खगराज अधिकारी नेतृत्वको सरकारलाई मुद्दाको टुङ्गो नलाग्दासम्म कुनै पनि दीर्घकालीन प्रकृतिका निर्णय नगर्न अन्तरिम आदेश दिएको छ ।

 

 

प्रकाशित : 17 April, 2024

प्रतिक्रिया दिनुहोस्