केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जलिरहेको अवस्थामा मृत फेला परेकी महिलाको छोरीको पनि मृत्यु

सहयात्रा टिभी

काठमाडौं । वैशाख ६, जनकपुरमा जलिरहेको अवस्थामा मृत फेला परेको छोरीको पनि मृत्यु भएको छ ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका १६, पुलचौकमा रेल्वे लिक नजिक पोखरी डिलमा राति ८ बजेतिर महोत्तरीको मनरासिसा नगरपालिका २ कि २३ वर्षीया मप्रियंका महतो जलिरहेको अवस्थामा मृत फेला परेकी थिइन् ।

त्यहाँ जलिरहेको अवस्थामा १० महिने उनको छोरी माही जीवितै फेला परेको तर उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको धनुषाका डिएसपी रञ्जन अवाले जानकारी दिए ।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । युवतीको माइत महोत्तरीको पिपरा गाउँपालिका १ हो । पछिल्लो समय उनको पर पुरुषसँग सम्बन्ध बसेपछि उनी जनकपुरमा बस्दै आएको प्रहरी स्रोतले जनाएको छ ।

 

 

 

प्रकाशित : 18 April, 2024

प्रतिक्रिया दिनुहोस्