केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कञ्चनपुरमा आगलागी हुँदा झण्डै १० बिघा गहुँबालीको गहुँ नष्ट

सहयात्रा टिभी

काठमाडौं । वैशाख ७ , कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा हिजो गहुँबालीमा आगलागी हुँदा झण्डै १० बिघा जमिनमा लगाएको गहुँ नष्ट भएको छ ।

दोधारा चाँदनी–७ बाबाथानमा हावाहुरी चल्दा रुखको हाँगा बिजुलीको तारमा खसेपछि निस्केको आगोको झिल्काले गहुँबालीमा आगलागी भएको दोधारा चाँदनी नगरपालिकाका प्रवक्ता ओम बस्नेतले जानकारी दिनुभयो ।

स्थानीय वीरसिंह सुनार, चन्द्रबहादुर सुनारसहित १५ जना किसानको गहुँबालीमा आगलागीबाट क्षति भएको छ ।

स्थानीयबासिन्दा, सुरक्षा निकाय, भीमदत्त र दोधारा चाँदनी नगरपालिकाको दमकललगायतको सहायताले आगो निभाइएको छ । भित्र्याउने बेलाको गहुँ खेतमै जलेपछि किसान चिन्तामा परेका छन् ।

प्रकाशित : 19 April, 2024

प्रतिक्रिया दिनुहोस्