केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारले गरे उद्धार गरिदिन आग्रह

सहयात्रा टिभी

काठमाडौं । वैशाख ७ , लडाकु समूह हमासको आक्रमणपछि इजरायलमा बेपत्ता भएका विपिन जोशीको परिवारले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका छन् ।

जोशीका बुबा–आमासहितको टोलीले आज बिहान प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा भेट गरी विपिनको सकुशल उद्धारका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले आफू विपिनको रिहाइका लागि चिन्तित र गम्भीर रहेको बताउनुभयो । साथै विपिनको रिहाइका लागि निरन्तर पहल भइरहेको र छिटै सकारात्मक परिणाम आउनेमा आशावादी रहेको बताउनुभएको छ ।

गएको असोजमा हमास लडाकु समूहले इजरायलमा गरेको आक्रमणमा परि १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो । त्यस बेला कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशी सम्पर्कविहीन हुनुभएको थियो । उहाँको अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन ।

 

प्रकाशित : 19 April, 2024

प्रतिक्रिया दिनुहोस्