केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चीनको तातोपानी भन्सारबाट रासायनिक मलको ढुवानी शुरु

सहयात्रा टिभी

काठमाडौं । वैशाख ७ , चीनबाट आयात गरिएको रासायनिक मल सिन्धुपाल्चोकको तातोपानी भन्सार कार्यालयबाट काठमाण्डौ ल्याउने गरी ढुवानी भएको छ ।

झण्डै ११ महिना गोदाममा थन्किएको मल आयातकर्ता ट्रान्स सिल्कले आवश्यक प्रक्रिया पूरा गरेसँगै ढुवानी शुरु भएको हो ।

कृषि सामग्री कम्पनी र आयातकर्ताबीच सहमति भएपछि मल काठमाण्डौ पठाउन थालेको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार तीन हजार पाँच सय टन मलमध्ये एक हजार दुई सय टनभन्दा धेरै मल जाँच पास भएर काठमाण्डौ ढुवानी भएको र बाँकी मल पनि जाँच पासको प्रक्रियामा रहेको छ ।

 

प्रकाशित : 19 April, 2024

प्रतिक्रिया दिनुहोस्