केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अख्तियारले विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय

सहयात्रा टिभी

काठमाडौं । वैशाख ९ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने भएको छ ।

आफ्नो ओहोदा ढाँटेर सार्वजनिक पद लिएको आरोपमा उनीविरुद्ध मुद्दा दायर गर्न लागिएको हो ।

अमेरिकाको पीआर लिइसकेपछि नेपालको सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक बनेको आरोप उनीमाथि छ ।

उनीविरुद्ध यसअघि नै सुरक्षण मुद्रण केन्द्रमा अनियमितता गरेको आरोपमा दायर भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन छ । गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा पक्राउ परेका उनलाई विशेष अदालतको अनुमतिमा म्याद थप गरेर अख्तियारले अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित : 21 April, 2024

प्रतिक्रिया दिनुहोस्