केपी ओली प्रचण्ड माधव नेपाल एमाले


उमेर हदका कारण नेपाल प्रहरीमा ३ डीआईजीहरुको पद रिक्त

सहयात्रा टिभी

काठमाडौं । वैशाख ९ , नेपाल प्रहरीमा तीन जना नायव महानिरीक्षक (डीआईजी)हरुको पद रिक्त भएको छ ।

५६ वर्षे उमेर हदका कारण अतिरिक्त प्रहरी महानिरीक्षक सन्दिप भण्डारी ५ वैशाखमा र एआईजी मीरा चौधरी थारु ७ वैशाखमा अवकाशमा गएका थिए ।

७ वैशाखमै गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा डीआईजी विकासराज खनाल पनि उमेर हदकै कारण ३० वर्षे सेवा अवधि बाँकी नै रहे पनि अवकाशमा गएका थिए ।

दुई एआईजी अवकाशमा जाने भएपछि उक्त ठाउँमा पद पूर्ति गर्न भन्दै गृहमन्त्रालयले डीआईजी उमेशराज जोशी र भीमप्रसाद ढकाललाई ३ वैशाखमा एआईजी बढुवाका लागि सिफारिस गरिएको थियो ।

उनीहरु दुई जना एआईजी बढुवामा सिफारिस भएसँगै रिक्त हुने दुई डीआईजी पद र विकासराज खनाल अवकाशमा गएसँगै रिक्त भएको एक पद गरी अहिले नेपाल प्रहरीमा तीन डीआईजीको दरबन्दी रिक्त भएको छ ।

रिक्त तीन डीआईजीमा बढुवाका लागि हालका आईजी वसन्तबहादुर कुँवरका ब्याचसहित अन्य एसएसपीहरु पनि प्रतिस्पर्धामा छन् ।

 

 

प्रकाशित : 21 April, 2024

प्रतिक्रिया दिनुहोस्