नेप्से दोहोरो अंकले बढ्यो
सहयात्रा टिभी
काठमाडौं । वैशाख ९ आइतबार सेयर बजार परिसुचक नेप्से दोहोरो अंकमा बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा १२.२९ अंकले नेप्से बढेको हो ।
सो वृद्धिपछि नेप्से १९८४ अंकमा कायम भएको छ । कुल २ अर्ब २६ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भयो । कुल १७६ कम्पनीको मूल्य बढ्दा ६३ को घट्यो भने ६ को स्थिर रह्यो ।
समग्र बजार बढ्दा बैंकिङ समूहको सूचक भने ३.५६ अंक घट्यो । बैंकहरुले शुक्रबार सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय रिपोर्ट लगानीका हिसावले कमजोर देखिएपछि सो समूहको सूचक आइतबार रातो रह्यो ।