केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कतारका राजा नेपाल भ्रमणमा आउने दिन भोलि सार्वजनिक बिदा

सहयात्रा टिभी

काठमाडौं । वैशाख १०, कतारका राजा नेपाल भ्रमणमा आउने दिन सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आउँदैछन् । विदेशी राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो ।

अर्थ मन्त्रालयको सचिवमा मधु कुमार मरासिनीलाई सरुवा गर्ने र हाल अर्थसचिव रहेका कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।

 

प्रकाशित : 22 April, 2024

प्रतिक्रिया दिनुहोस्