केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गण्डकीका मुख्यमन्त्री नियुक्तिसम्बन्धी रिट सर्वोच्चमा सुनुवाइ हुदै

सहयात्रा टिभी

काठमाडौं । वैशाख १०, गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्तिसम्बन्धी रिट सर्वोच्च अदालतमा न्यायाधीश सपना मल्ल प्रधान र शारंगा सुवेदी संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ ।

 

सभामुखको समेत समर्थन लिएर एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएको र यो संविधान विपरीत हुने भन्दै कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले २९ चैतमा सर्वोच्चमा रिट दिएका थिए ।

उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले खगराज नेतृत्वको सरकारलाई दीर्घकालीन महत्वको निर्णय नगर्न आदेश दिएको थियो ।

त्यसपछि उक्त मुद्दामा विपक्षीहरुसँग ७ वैशाखभित्र लिखित जवाफ माग्दै सर्वोच्चले १० वैशाखदेखि नियमित सुनुवाइ गर्ने आदेश दिएको थियो ।

सोही अनुसार सोमबारदेखि यो मुद्दामा सुनुवाइ भएको हो । २५ चैतमा एमाले संसदीय दलका नेता अधिकारीले मुख्यमन्त्रीमा दाबी पेश गर्दा आफ्नो दल र माओवादी संसदीय दलको नेताको समर्थन पेश गरेका थिए ।

माओवादी संसदीय दलमा हाल सभामुख रहेका धितालको समेत गणना गरिएको र यो संविधान विपरीत हुने कांग्रेसको जिकिर छ ।

 

प्रकाशित : 22 April, 2024

प्रतिक्रिया दिनुहोस्