केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पोखराका ६ सहकारीका बचतकर्ताद्धारा एकीकृत आन्दोलन सुरु

सहयात्रा टिभी

काठमाडौं । वैशाख १०, पोखराका ६ वटा सहकारीका बचतकर्ताद्धारा वचत फिर्ता र आफूहरुको रकम अपचलन गर्ने सहकारी सञ्चालकलाई कारबाहीको माग गर्दै एकीकृत आन्दोलन सुरु गरेका हुन् ।

सूर्यदर्शन, इमेज, शिवशिखर, बलिदानी, मित्रमिलन र विन्दवासिनी सहकारीका पीडित वचतकर्ताले संयुक्त संघर्ष समिति बनाएर सोमबार पोखरामा प्रदर्शन गर्नुका साथै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र पोखरा महानगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् ।

प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, गृहमन्त्री र सबैजसो दलका शीर्ष नेतालाई भेटेर समस्या सुनाउँदा पनि न्याय पाउन नसकेको भन्दै सहकारी पीडितले एकीकृत आन्दोलन सुरु गरेका हुन् ।

पोखराका ६ वटा सहकारीबाट मात्र ३ अर्ब रुपैयाँ अपचलन भएको प्रहरीको भनाइ छ । ती सबै सहकारीका सञ्चालक र जिम्मेवार व्यक्तिहरु अधिकांश फरार भएको र उनीहरुलाई राजनीतिक दल र नेताहरुको संरक्षण रहेको पीडितहरुको आरोप छ ।

छुट्टाछुट्टै संघर्ष गर्दा दबाब नपुगेको भन्दै ६ सहकारीका पीडित बचतकर्ता एकै ठाउँमा उभिएको इमेज सहकारीका पीडित तथा संघर्ष समिति उपाध्यक्ष हरिबहादुर खत्रीले बताए ।

प्रकाशित : 22 April, 2024

प्रतिक्रिया दिनुहोस्