केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भण्डारीको हत्यारा पत्ता लगाउन एमालेले नै चासो नदिएको देउवाको जिकिर

सहयात्रा टिभी

काठमाडौं । वैशाख १०, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा पत्ता लगाउन एमालेले नै चासो नदिएको  जिकिर  गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले एमालेका पूर्वमहासचिव मदन भण्डारीको हत्यारा किन पत्ता लगाउन नसकेको भन्दै एमाले नेतृत्वप्रति प्रश्न उठाए ।

एमालेका नेताहरु पटक पटक प्रधानमन्त्री भएको र मदन भण्डारीकी पत्नी विद्यादेवी भण्डारी राष्ट्रपति नै भएको भन्दै देउवाले मदनको हत्यामा संलग्न पत्ता लगाउन एमालेले नै चासो नदिएको जिकिर गरे ।

‘दुई पटक राष्ट्रपति बनिसक्नुभयो । प्रधानमन्त्रीहरु बनिसकेको सबै । खै पत्ता लगाएको ? त्यसकारण मलाई गाली गरेर केही हुनेवाला छैन । त्यो कुरा पत्ता लगाउनुपर्‍यो तपाईंहरुले’, देउवाले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली उपस्थित कार्यक्रममा कांग्रेस सभापति देउवाले संसदमा आफूहरुले उठाएको विषयलाई गम्भीर रुपमा लिन आग्रह गरे । कांग्रेसले सहकारी ठगी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको छ ।

प्रकाशित : 22 April, 2024

प्रतिक्रिया दिनुहोस्