केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बागलुङका वनमा लागेको आगो अझै नियन्त्रण बाहिर

सहयात्रा टिभी

काठमाडौं । वैशाख ११, बागलुङमा फागुनयता मात्रै ३८ वटा वनमा आगलागी भएको छ । जसमध्ये १५ वनको अझै नियन्त्रण बाहिर रहेको डिभिजन वन कार्यालय बागलुङले जानकारी दिएको छ ।

बागलुङमा पहिलो पटक फागुन ९ गते बरेङ गाउँपालिका २ को सल्लेरी सामुदायिक वनमा भीषण आगलागी भएको थियो । सो आगलागी गाउँले र प्रहरीको सक्रियतामा बल्लतल्ल नियन्त्रणमा आएको थियो ।

सल्लेरी सामुदायिक वनमा आगलागी हुनुभन्दा अघि जिल्लाको कुनै पनि वनमा आगलागी भएको थिएन । त्यसयता गलकोट नगरपालिकाका एक दर्जन वनमा आगो सल्कियो ।

एक सातापछि उक्त आगो नियन्त्रणमा आयो । त्यसलगत्तै ताराखोला, ढोरपाटन र निसीखोला गाउँपालिकाको दुई दर्जन बढी वनमा आगलागी भइसकेको छ । दिनप्रति दिन आगलागी हुँदै गएपछि थुप्रै वन जंगल रित्तिएका छन् ।

आगो नियन्त्रणका लागि गाउँगाउँबाट ठूलो संख्यामा स्थानीय वनमा पुगे पनि हावाहुरीले गर्दा नियन्त्रण गर्न नसकेको स्थानीयले बताए । आगो नियन्त्रणका लागि गाउँगाउँबाट ठूलो संख्यामा स्थानीय वनमा पुगे पनि हावाहुरीले गर्दा नियन्त्रण गर्न नसकेको स्थानीय रामबहादुर घर्तीले बताए ।

शुक्रबार साँझदेखिनै आफूहरु सुरक्षित भएर स्याउलाका भरमा आगो निभाउने प्रयास गरेको उनको भनाइ छ । सडकभन्दा निकै टाढाको वनमा आगलागी हुँदा दमकलको प्रयोगसमेत गर्न नसकिएको उनले बताए ।

 

 

प्रकाशित : 23 April, 2024

प्रतिक्रिया दिनुहोस्