केपी ओली प्रचण्ड माधव नेपाल एमाले


खैरो हेरोइनसहित झापाबाट एक जना पक्राउ

सहयात्रा टिभी

काठमाडौं । वैशाख ११, प्रहरीले झापाबाट ४३.१५ ग्राम लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको खन्याबास गाउँपालिका-५ बस्ने २० वर्षीय विनोद तामाङ रहेका छन् ।

चेकजाँचका क्रममा उनलाई मेचीनगर नगरपालिका-६ स्थित मेचीपुलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए ।

उनको साथबाट प्रहरीले ४३.१५ ग्राम खैरो हेरोइन बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय झापाका विभिन्न नाकाबाट लागुऔषधसहित युवा पक्राउ पर्दै आएका छन्।

 

 

प्रकाशित : 23 April, 2024

प्रतिक्रिया दिनुहोस्