केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कतारका राजालाई स्वागत गर्न नेपाली सांस्कृतिक भेषभूषामा सजिए

सहयात्रा टिभी

काठमाडौं । वैशाख ११, कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् ।

सांस्कृतिक भेषभूषामा सजिएर कतारका राजालाई स्वागत गर्न नागरिकहरू उपस्थित भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा आउन लागेका थानीलाई स्वागत गर्न सरकारले आज सार्वजनिक बिदा नै दिएको छ ।

उनको सुरक्षाको लागि काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । सडकमा स्वागतद्वारहरू राखिएको छ ।

केही बेरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेका कतारी राष्ट्र प्रमुखको स्वागतमा ठाउँठाउँमा सांस्कृतिक भेषभूषा लगाएका नागरिकहरू उपस्थित भएका छन् ।

 

 

 

 

प्रकाशित : 23 April, 2024

प्रतिक्रिया दिनुहोस्