केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कतारका राजा शेखको भव्य स्वागतमा २१ तोपको सलामी

सहयात्रा टिभी

काठमाडौं । वैशाख ११, कतारका राजा शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणको लागि काठमाडौं आएका छन् ।

निजी विमानमार्फत काठमाडौं अवतरण गरेका थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

त्यसपछि नेपाली सेनाको टोलीले विमानस्थलमा उनलाई गार्ड अफ अनर प्रदान गरेको छ । कतारका अमिरको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो।

थानीको सुरक्षाका लागि काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । उनको कारगेड हिंड्ने सडक पूर्णरूपमा खाली छ ।

राजा थानीको स्वागतका लागि उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे र उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ मन्त्रिपरिषद्का सदस्यलगायत उच्चपदस्थ अधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि विमानस्थल पुगेका थिए।

कतारका अमिरले आजै साँझ राष्ट्रपति पौडेलसँग राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता गर्ने कार्यक्रम छ। अमिरको सम्मानमा राष्ट्रपति पौडेलले राजकीय भोजको आयोजना गर्ने कार्यक्रम छ।

 

प्रकाशित : 23 April, 2024

प्रतिक्रिया दिनुहोस्