केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिने

सहयात्रा टिभी

काठमाडौं । वैशाख १३ , आज कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिने भएका छन् । त्यसका लागि कर्णाली प्रदेश सभाको बैठक आज दिउँसो ३ बजे बस्दै छ ।

मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिन लागेकाले प्रदेश सभाको बैठक दिउँसो तीन बजे बोलाइएको सूचना अधिकारी उपेन्द्र कुमार गुरुङले जानकारी दिए ।

कर्णाली प्रदेशसभा ४० सदस्य छन् । नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० जना सांसद छन् ।

यसैगरी राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रका एकरएक सांसद छन् । नेकपा एमाले र माओवादी केन्द्रको मात्रै संख्या जोड्ने हो भने पनि मुख्यमन्त्री कँडेलले विश्वासको मत पाउँछन् ।

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका कँडेल गत चैत २७ गते नियुक्त भएका थिए । मुख्यमन्त्री कँडेलले बुधबार नेकपा माओवादी केन्द्रका रणसिंह परियारलाई विनाविभागीय मन्त्री नियुक्त गरेका थिए ।

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रसँग सहमति नजुट्दा मन्त्रिपरिषदले पूर्णता भने पाएको छैन । विहीबार विश्वासको मत लिएपछि मुख्यमन्त्री कँडेलले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका छन् ।

 

प्रकाशित : 25 April, 2024

प्रतिक्रिया दिनुहोस्