केपी ओली प्रचण्ड माधव नेपाल एमाले


शिव परियार र मनिला सोताङलाई छिन्नलता पुरस्कार

सहयात्रा टिभी

काठमाडौं । बैशाख १३, छिन्नलता गीत पुरस्कार गुठीको वर्ष २०७९ र २०८० को छिन्नलता गीत पुरस्कार घोषणा गरिएको छ । गुठीको काठमाडौँमा सम्पन्न साधारणसभाले दुई वर्षको पुरस्कार एकैपटक घोषणा गरेको हो ।

जसअन्तर्गत गुठीले २०७९ सालको छिन्नलता गीत पुरस्कार गायनतर्फ शिव परियार,गीत रचनातर्फ भूषण खरेल र संगीततर्फ मनराजा नकर्मीलाई पुरस्कार प्रदान गर्ने भएको छ । गुठीले गायिका मेनुका पौडेललाई लोकप्रिय युवा प्रतिभा पुरस्कार दिने समेत निर्णय गरेको छ ।

त्यस्तै २०८० सालको छिन्नलता गीत पुरस्कार अन्तर्गत गायनतर्फ मनिला सोताङ, गीत रचनातर्फ वीरेन्द्र पाठक, संगीततर्फ चण्डीप्रसाद काफ्लेलाई प्रदान गरिनेछ । गायक भूपू पाण्डेलाई २०८० सालको लोकप्रिय युवा प्रतिभा पुरस्कार ‘पीरैपीर’ गीतबाट प्राप्त गर्ने गुठीले घोषणा गरेको छ ।

छिन्नलता गीत पुरस्कारको राशी जनही एक लाख रुपैयाँको रहेको छ । ५० हजारबाट यो वर्षबाट पुरस्कार राशि एकलाख पुर्‍याइएको हो । पुरस्कार सम्मान आगामी साउन २ गते एक कार्यक्रमकाबीच प्रदान गरिनेछ ।

प्रकाशित : 25 April, 2024

प्रतिक्रिया दिनुहोस्