केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पोखराबाट अटोमेटिक पेस्तालसहित एक युवक पक्राउ

सहयात्रा टिभी

काठमाडौं । वैशाख १३ , पोखराबाट अटोमेटिक पेस्तालसहित डाँका चोरी तथा लागु औषध मुद्दाका एक अभियुक्त पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–८ सराङकोटका ३८ वर्षीय नरबहादुर विक छन् । उनलाई बिहीबार पोखरा महानगरपालिका–२४ लेकसाइडबाट वडा प्रहरी कार्यालय बैदामको टोलीले पक्राउ गरेको हो ।

लेकसाइडस्थित दीपक गिरीको बन्दै गरेको घरमा विकले ९ एमएमको अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने १ राउण्ड गोली लुकाएर राखेको अवस्थामा प्रहरीले बरामद गरेको छ ।

बागमती प्रदेश ०३३ प् १६३३ नम्बरको मोटरसाइकलसहित पक्राउ परेका विक डाँका चोरी र लागु औषध मुद्दाका अभियुक्त समेत रहेको पाइएको छ ।

 

प्रकाशित : 25 April, 2024

प्रतिक्रिया दिनुहोस्