केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रोजगार विभागले श्रमिकलाई विमानमा अनिर्वाय खाना खुवाउन पहल

सहयात्रा टिभी

काठमाडौं । वैशाख १३ , वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विमानमा खाना-खाजा अनिर्वाय रुपमा खुवाउने गरी व्यवस्थापन गर्न पहल थालेको छ ।

विदेश जाने श्रमिकलाई बजेट एयरलाइन्स भन्दै चर्को शुल्क पनि लिने तर खाना पानीको सुविधा पनि नदिने भइरहेपछि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस्तो विभदपूर्ण व्यवस्था हटाउन पहल गर्नुुपर्ने निष्कर्ष निकालेको थियो ।

त्यसकै आधारमा विभागले बुधबार विभिन्न निकायमा पत्राचार गरेर हवाई टिकटमा नै खाना खाजा तथा पानीको सुविधा हुने गरी उचित मूल्यको व्यवस्थापन गर्न आग्रह गरेको हो ।

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुको उचित हवाई भाडा तथा सुविधाको व्यवस्थापन गर्न भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार व्यवासयी महासंघ र नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभललाई विभागले आग्रह गरेको छ ।

विभागका अनुसार मलेसिया तथा मध्यपूर्वका मुलुकहरुमा वैदेशिक रोजगारीका लागि श्रमिकहरुले औसतमा चार घण्टाको यात्रा तय गर्नुपर्ने हुन्छ । उडान समय भन्दा तीन घण्टा अगाडी नै विमानस्थल भित्र प्रवेश गर्नुपर्ने हुन्छ ।

यसरी घण्टौंको यात्रामा पनि श्रमिकले न्यूनतम खाना खाजा तथा पानी समेत नपाउने गरेको गुनासो आउन थालेपछि विभागले सम्बन्धित निकायलाई डाकेर छलफल गरेको विभागका महानिर्देशक डुण्डुराज घिमिरले बताए ।

 

प्रकाशित : 25 April, 2024

प्रतिक्रिया दिनुहोस्