केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नयाँ दिल्लीलाई पछि पार्दै काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित शहर

सहयात्रा टिभी

काठमाडौं । बैशाख १४, भारतको नयाँ दिल्लीलाई पछि पार्दै काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित शहर बनेको छ ।

वायु गुणस्तर मापन गर्दै आएको आईक्यू एअरले गरेको मापनअनुसार काठमाडौं सबैभन्दा धेरै प्रदूषित शहर बनेको हो ।

आईक्यु एअरले शुक्रबार काठमाडौंको वायु गुणस्तर १९४ मापन गरेको छ । दोस्रो स्थानमा रहेको पाकिस्तानको लाहोरको वायु प्रदूषण १८५ छ भने तेस्रो स्थानमा रहेको भारतको नयाँ दिल्लीको वायु गुणस्तर १७५ मापन गरिएको छ ।

वातावरण विभागको तथ्यांकअनुसार शुक्रबार सबैभन्दा बढी प्रदूषित शहर पोखरा बनेको छ । विभागले पछिल्लो पटक अध्यावधिक गरेको तथ्यांकअनुसार पोखराको १९३ एक्युआई वायु गुणस्तर मापन भएको छ ।

प्रदूषित शहरमा पोखरा पछि काठमाडौं दोस्रो स्थानमा छ । वातावरण विभागका अनुसार शुक्रबार काठमाडौंको शंखपार्कमा भएको वायु गुणस्तर मापन केन्द्रले १८३ एक्युआई मापन गरेको छ । पछिल्लो २४ घन्टामा पहिलो स्थानमा रहेको भरतपुतर चितवन आज भने १५९ एक्युआईसहित तेस्रो स्थानमा छ ।

विज्ञका अनुसार यो सूचकांक १०० देखि माथि पुग्नु मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यस्तो वायुमा धेरै समय बिताए स्वास्थ्यमा प्रतिकूल असर देखाउन सक्छ ।

 

प्रकाशित : 26 April, 2024

प्रतिक्रिया दिनुहोस्