केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सहकारी ठगीको आरोपमा पक्राउ परेका दिपेश पुन थुनामुक्त

सहयात्रा टिभी

काठमाडौं । बैशाख १४, सहकारी ठगीको आरोपमा पक्राउ परेका दिपेश पुन थुनामुक्त भएका छन् ।

जिल्ला अदालत, रुपन्देहीमा ४ लाख रुपैयाँ धरौटी बुझाएपछि उनलाई छाडिएको जानकारी प्राप्त भएको छ ।

एक साताअघि अदालतले पुनसहित ६ जनालाई धरौटीमा छाड्न आदेश दिए पनि रकम जम्मा नगरेपछि उनी पुर्पक्षका लागि जेल चलान भएका थिए । तर, शुक्रबार उनले रकम जम्मा गरेपछि छुटेका हुन् ।

पुनबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । तर, उनीविरुद्ध पक्राउ पूर्जी जारी नभएकाले तत्काल नियन्त्रणमा नलिइएको सीआईबी दाबी छ ।

प्रकाशित : 26 April, 2024

प्रतिक्रिया दिनुहोस्