केपी ओली प्रचण्ड माधव नेपाल एमाले


इलाम- २ मा मतदान जारी, अहिलेसम्म ३० प्रतिशत मत खस्यो

सहयात्रा टिभी

काठमाडौं । बैशाख १५, उपनिर्वाचन अन्तरगत इलाममा भइरहेको मतदानमा अहिलेसम्म ३० प्रतिशत मत खसेको छ ।

इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार मध्याह्न १२ : ३० सम्म ३० प्रतिशत मत खसेको छ ।

मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले भने,‘अहिलेसम्मको अवस्थालाई हेर्दा करिब ३० प्रतिशतको हाराहारीमा मत खसेको अनुमान गरिएको छ ।’ इलामको दिउँसोको मौसम धेरै गर्मी नहुने देखिएपछि अधिकांश मतदाता दिउँसो मत हाल्न मतदान केन्द्रमा जाने आंकलन गरिएको छ ।

इलाम २ मा मतदाता १ लाख १५ हजार ८ सय ८९ मतदाता रहेका छन् । अहिले सम्म सबै मतदान केन्द्रहरूमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ ।

बिहान ७ बजे सुरु भएको मतदान १० बजेसम्म सबैतिर मर्यादित रूपमा भइरहेको जानकारी आएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

इलाम २ मा ७९ मतदान स्थल र एक सय ४९ वटै मतदान केन्द्र छन् । उपनिर्वाचनमा १२ दल र सात स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रकाशित : 27 April, 2024

प्रतिक्रिया दिनुहोस्