केपी ओली प्रचण्ड माधव नेपाल एमाले


इलाम-२ मा रास्वपा उम्मेदवार मिलन लिम्बूबाट आचारसंहिता उल्लंघन

सहयात्रा टिभी

काठमाडौं । बैशाख १५, इलाम २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले आचारसंहिताको उल्लङ्घन गरेका छन् । उनले निर्वाचन चिह्न अंकित घण्टीको लोगो भएको ब्याच लगाएर मतदान गरेको फोटो सार्वजनिक भएको हो ।

लगतै केन्द्रीय निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयमा खबर गरेको थियो । त्यसपछि लिम्बूले मतदान गरेको स्थान माङसेबुङ-२, दहगाउँस्थित जनता कल्याण आधारभूत विद्यालयमा रहेको मतदान स्थलको ‘ख’ केन्द्रमा सोधपुछ भएको थियो ।

त्यसपछि लिम्बूलाई तत्काल स्पष्टीकरण सोधेर उनले लगाएको ब्याच फुकाल्न लगाइएको बताइएको छ । तर लिम्बूले मतदान गरेको करिब एक घण्टापछि मात्र उक्त कार्य गरिएको हो ।

निर्वाचन आंचारहिताको १८ नम्बर बुँदाको ‘क’ मा राजनीति दल र उम्मेदवार प्रतिनिधिले निर्वाचन चिह्न वा मत संकेत भएको पहिरन र ब्याच लगाउन नहुने स्पष्ट लेखिएको छ ।

निर्वाचन आयोगका अयुक्त दिनेश थपलियाले आयोगमा जानकारी आएको र जिल्ला निर्वाचन कार्यालयलाई यसबारे अवगत गराइसकेको बताए ।

मतदान गर्न जाँदा चिह्न अंकित कुनै पनि सामग्री प्रयोग गर्न नपाउने स्पष्ट कानून हुँदाहुँदै पनि जानी या नजानी यस्तो हुनु आश्चर्यजनक भएको उनले प्रतिक्रिया दिए ।

उनले भने, ‘उम्मेदवार आफैँ शिक्षित हुनुपर्ने हो । मतदान स्थलमा पुगेपछि कसैले जानकारी पनि नगराउनु चाहिँ रहस्यमय छ । यसबारे हामीले अवगत गराएका छौँ । कसै न कसैलाई त थाहा हुनुपर्ने हो । अटेरी गरेको पनि हुनसक्छ । कानूनअनुसार कारबाही हुन्छ ।’

प्रकाशित : 27 April, 2024

प्रतिक्रिया दिनुहोस्