केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दाङको राजपुर गाउँमा आगलागी हुँदा २४ घर जलेर नष्ट

सहयात्रा टिभी

काठमाडौं । बैशाख १५, दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँमा आगलागी हुँदा २४ घर जलेर नष्ट भएका छन् ।

आगलागीले १० वटा गोठसमेत जलेर नष्ट भएको वडा नं ७ का अध्यक्ष पुष्कर वलीले जानकारी दिए । हाडबास गाउँमा २५ वटा घर थिए ।

आगलागी भएका सबै घर खरले छाएका थिए । जस्ताले बनाएको एउटा घर भने जोखिएको छ ।

नजिकै रहेको वनबाट लागेको आगो गाउँमा पसेको थियो । वनमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन । वन क्षेत्रभित्रको बस्ती भएकाले क्षति भएको वडाध्यक्ष वलीले बताए ।

 

 

 

प्रकाशित : 28 April, 2024


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्