केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यद्धारा शपथ ग्रहण

सहयात्रा टिभी

काठमाडौं । बैशाख १५, राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यद्धारा शपथ ग्रहण गरेकी छन् ।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आइतबार सिंहदरबारमा एक समारोहका बीच शाक्यलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

शाक्यलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख ६ गते राष्ट्रिय सभाको सदस्य पदमा मनोनित गरेका थिए ।

सांसद शाक्यलाई सांसदको लोगो हस्तान्तरण गर्दै राष्ट्रिय सभाका अध्यक्ष दाहालले बधाइ दिए । त्यस अवसरमा राष्ट्रिय सभाका सांसदहरु र संसद सचिवालयका कर्मचारीहरुले पनि उनलाई बधाई दिएका छन् ।

शपथ ग्रहणपछि सांसद शाक्यले देश र जनताको हितमा इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले राष्ट्रिय सभाको गरिमा उचाइमा पुर्‍याउन पनि आफूले सक्दो पहल गर्ने बताइन् ।

 

 

 

 

प्रकाशित : 28 April, 2024


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्