केपी ओली प्रचण्ड माधव नेपाल एमाले


इलाम- २ : सुहाङको अग्रता कायमै, डम्बरसँग २६ सय मतान्तर

सहयात्रा टिभी

काठमाडौं । बैशाख १७, इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङले निरन्तर अग्रतालाई कायमै राखेका छन्। सुहाङले ८ हजार ८९८ मतका साथ अग्रता कायमै राखेका हुन्। कांग्रेसका उम्मेदवार डम्बर खड्का सुहाङभन्दा २६१८ मतले पछाडि परेका छन्। कांग्रेसका खड्काले ६ हजार २८० मत ल्याएका छन्।

तेस्रो स्थानमा रहेका पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ४ हजार ६३४ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले १३०५ मत पाएका छन्। २१ हजार ८१० मत गणना हुँदा २६१ मत बदर भएको छ ।

इलाम क्षेत्र २ अन्तर्गत फाकफोकथुम र चुलाचुली गाउँपालिकाको मतपरिणाम भर्खरै सार्वजनिक भएको हो। प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको निधन भएपछि इलाम २ मा शनिबार उपनिर्वाचन भएको हो।

प्रकाशित : 29 April, 2024


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्