केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बझाङमा एमालेलाई रोक्दै कांग्रेसको अग्रता

सहयात्रा टिभी

काठमाडौं । बैशाख १७,बझाङको प्रदेश सभा १ उपनिर्वाचनमा नेकपा एमालेलाई पछि पार्दै नेपाली कांग्रेसले अग्रता लिएको छ । नेकपा एमालेका दमन भण्डारीलाई उछिन्दै नेपाली कांग्रेसका अभिषेक सिंहले अग्रता लिएका हुन् ।

सिंहले ८ हजार ४०६ मत पाएका छन् भने नेकपा एमालेका भण्डारीले ८ हजार १६५ मत पाएका छन् । उपनिर्वाचनको सुरुआती मत गणनामा नेकपा एमालेले दोब्बर मतसहित अग्रता बनाएको थियो ।

तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रका जनक बुढाले ३ हजार ११३ मत पाएका छन् भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार २६६ मत पाएका छन् ।

राप्रपाका किशोर खड्काले २ सय ०६ मत पाएका छन् ।

प्रकाशित : 29 April, 2024


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्