केपी ओली प्रचण्ड माधव नेपाल एमाले


इलाममा सुहाङले कटाए १० हजार मत

सहयात्रा टिभी

काठमाडौं । बैशाख १७,इलाम निर्वाचन क्षेत्र नम्बर २ को मतगणनामा नेकपा एमाले उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन् ।

पछिल्लो परिणामअनुसार सुहाङले १० हजार ३ मतसहित अग्रता लिँदा कांग्रेसका डम्बरबहादुर खड्काले ६ हजार ९४४ मतसहित पछ्याइरहेका छन् । सुहाङ र डम्बरबिच ३ हजार ५९ मतान्तर रहेको छ ।

त्यसैगरी स्वतन्त्र डकेन्द्र सिंह लिम्बु ५ हजार ५९१ मतसहित तेस्रो स्थान र रास्वपाका मिलन लिम्बु १ हजार ४४३ मत सहित चौथो स्थानमा रहेका छन् । अहिले इलामको माङ्सेबुङ गाउँपालिकाको मतगणना जारी छ ।

प्रकाशित : 29 April, 2024


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्