नेप्से अघिल्लो दिनको तुलनामा झिनो अंकले वृद्धि
सहयात्रा टिभी
काठमाडौं । बैशाख १७, बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा झिनो अंक( ०.०७) ले बढेर १९८० अंकमै स्थिर रहेको छ ।
कारोबार रकम भने बढेको छ । अघिल्लो दिन २ अर्ब ६८ करोडको कारोबार भएकोमा आज २ अर्ब ९५ करोडको भयो । ९९ कम्पनीको मूल्य बढ्दा १२८ को घट्यो भने १७ को स्थिर रह्यो ।
कारोबारका आधारमा पोखरा फाइनान्स, नेपाल फाइनान्स, जानाकी फाइनान्स, गोर्खाज फाइनान्स र मल्टिपर्पस फाइनान्स कम्पनी क्रमशः अगाडि रहे ।