केपी ओली प्रचण्ड माधव नेपाल एमाले


इलाम–२ को आधा मत गनेर सकिँदा एमाले पहिलो स्थानमा

सहयात्रा टिभी

काठमाडौं । बैशाख १७, इलाम–२ को आधा भन्दा बढी मत गनेर सकिँदा पहिलो स्थानमा एमाले उम्मेदवार सुहाङ नेम्बाङले ५५ सय भन्दा बढीको मतान्तर कायम गरेका छन् ।

दोस्रो स्थानमा रहेको कांग्रेससँग तेस्रो स्थानमा रहेको स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले प्रतिस्पर्धा गरेका छन् ।

४ मंसिर २०७९ को आम निर्वाचनमा एमाले उम्मेदवार सुवास नेम्वाङसँग ११४ मतको झिनो अन्तरले पराजित कांग्रेस उम्मेदवार खड्काको निकटतम प्रतिस्पर्धीमा स्वतन्त्र उम्मेदवार थेगिम देखिएका छन् । दोस्रो स्थान कायम राख्न थेगिमसँग कांग्रेस संघर्षरत छ ।

हालसम्म माङसेबुङ, फाकफोकथुम ,चुलाचुली गाउँपालिका र माई नगरपालिकाका ६, ७ र ८ वडा र देउमाई नगरपालिकाको १, २, ३ र ४ नम्बर वडाको मतगणना सकिएको छ ।

हालसम्म एमालेका उम्मेदवार सुहाङ नेम्बाङले १६ हजार २१९ मत पाएका छन् । उपनिर्वाचनमा खसेको ६९ हजार २८७ मतमध्ये ३९ हजार ९६१ मत गणना हुँदा नेम्बाङ भन्दा धेरै पछि रहेका खड्काले १० हजार ५५७ मत ल्याएका छन् । दुई उम्मेदवारको मतान्तर ५ हजार ६६२ छ ।

खड्कालाई स्वतन्त्र उम्मेदवार थेगिमले ८ हजार ८२५ मत ल्याएर पछ्याइरहेका छन् । आधा मतसंख्या गणना हुँदा कांग्रेस र स्वतन्त्र उम्मदेवारको मतान्तर १ हजार ७३२ छ ।

 

प्रकाशित : 29 April, 2024

प्रतिक्रिया दिनुहोस्