सुनको भाउ स्थिर रहदा चाँदी घट्यो
सहयात्रा टिभी
काठमाडौं । वैशाख १८, मंगलबार सुनको भाउ अघिल्लो दिनकै मूल्यमा स्थिर रहदा चाँदीको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्य तय भएको छ ।
चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ६६५ रुपैयाँ रहेको चाँदी आज १ हजार ६५० कायम भएको छ ।
यसअघि हिजो ४ सय रुपैयाँ घटेको थियो । वैशाख ९ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो ।