केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रोटरी क्लब पोखरा फिस्टेलद्धारा पर्वतमा ६०० घरलाई इन्डक्सन वितरण

सहयात्रा टिभी

काठमाडौं । वैशाख १८, फलेवास नगरपालिका–२ थापाठानाका ६०० घरपरिवारलाई विद्युतीय चुलो (इन्डक्सन) वितरण गरिएको छ ।

प्रदूषणरहित भान्सा र धुवाँरहित गाउँघरको विकासका लागि रोटरी क्लब अफ पोखरा फिस्टेलको सहयोगमा वडाका सबै घरधुरीलाई विद्युतीय चुलो वितरण गरिएको हो ।

नियमित बसोबास रहेका सबै घरपरिवारलाई एकरएक थान इन्डक्सन वितरण गरिएको फलेवास–२ थापाठानाका वडाध्यक्ष गङ्गानारायण श्रेष्ठले जानकारी दिए ।

ग्रामीण सामुदायिक विद्युतीकरण उपभोक्ता समितिको आयोजनामा भएको कार्यक्रमबीच रोटरी क्लब अफ पोखरा फिस्टेललगायत संस्थाको सहयोगमा विद्युतीय चुलो वितरण गरिएको थियो ।

सबै घरधुरीलाई विद्युतीय चुलो वितरण गरिएसँगै वडा नं २ लाई प्रदूषण मुक्त भान्सासहितको वडा घोषणासमेत गरिएको छ ।

वातावरणको क्षेत्रमा काम गर्ने सिलसिलामा थापाठाना गाउँमा विद्युतीय चुलो वितरण गरेको रोटरी क्लब अफ पोखरा फिस्टेलका डिष्ट्रिक गभर्नर नोमिनी विनोद कोइरालाले जानकारी दिए ।

चुलोसँगै यसमा प्रयोग गर्न मिल्ने भाँडा पनि वितरण गरिएको छ । वितरण गरिएका चुलो र भाँडाको मूल्य करिब ६० लाख रहेको कोइरालाले बताए ।

ग्रामीण सामुदायिक विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष रामहरि श्रेष्ठले प्रदूषणमुक्त समाजका लागि विद्युतीय चुलोको भरपुर उपभोग गर्न आग्रह गरे ।

प्रकाशित : 30 April, 2024

प्रतिक्रिया दिनुहोस्