केपी ओली प्रचण्ड माधव नेपाल एमाले


वैशाख २९ मा रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

सहयात्रा टिभी

काठमाडौं । वैशाख १९, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

२९ वैशाखमा केन्द्रीय समितिको बैठक बोलाइएको छ । उपनिर्वाचनको समीक्षा, समसामयिक अवस्थाका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको रास्वपाले जनाएको छ ।

शुक्रबार सचिवालयको बैठक बोलाएको छ भने २४ बैशाखमा संसदीय दलको बैठक बोलाइएको छ ।

इलाम–२ मा भएको उपनिर्वाचनमा रास्वपाले चौथो स्थानको मत ल्याएको छ । रास्वपाका नेताहरुले उक्त परिणामलाई अनपेक्षित भनेका छन् ।

नयाँ गठबन्धन बनेपछि रास्वपा सरकारमा सहभागी भएको २१ वैशाखमा दुई महिना पुग्दैछ । पार्टी बैठकमा सरकारमा सहभागीता र प्रभावकारिताबारे छलफल रास्वपाले जनाएको छ ।

 

 

प्रकाशित : 1 May, 2024

प्रतिक्रिया दिनुहोस्