केपी ओली प्रचण्ड माधव नेपाल एमाले


लगनखेल बसपार्कलाई पुनः ‘बस स्ट्यान्ड’ बनाउन छलफल सुरु

सहयात्रा टिभी

काठमाडौं । वैशाख १९, ललितपुरको लगनखेल बसपार्कलाई पुनः बस स्ट्यान्ड (यात्रु चढाउने र ओराल्ने) बनाउने विषयमा छलफल सुरु भएको छ । बुधबार ललितपुर महानगरपालिकाले यस विषयमा छलफल अघि बढाएको हो ।

छलफलका क्रममा महानगरका मेयर चिरीबाबु महर्जनले बसपार्कको हालको अवस्था देखेर लाज लागेको बताए । उनले भने, ‘महानगरको अरू ठाउँ र त्यो ठाउँ तुलना गर्न मिल्दैन, त्यहाँको अवस्था देखेर आफूलाई नै लाज लागेको छ ।’

सहरीकरणका कारण त्यो ठाउँमा बसपार्क राखिएको बताउँदै उनले मच्छिन्द्रनाथको रथ घुमाउन राखिएको खुला ठाउँ भएको नगर प्रमुखले प्रष्ट पारे ।

उनले भने, ‘त्यो ठाउँ अस्तव्यस्त भएकाले आलोचना भइरहेको छ, यो सुधार गर्न अत्याश्यक छ । यो वास्तवमा बसपार्क होइन, रथ घुमाउन राखिएको खुल्ला ठाउँ हो ।’

नगर प्रहरी प्रमुख सिताराम हाछेथुले छलफलमा लगनखेल बसपार्क व्यवस्थापनसम्बन्धी योजना प्रस्तुत गरेका थिए ।

उक्त प्रस्तुति अनुसार लगनखेल बसपार्कमा चापागाउँ, कीर्तिपुर, भक्तपुर लगायतका ठाउँमा आउने बसलाई स्ट्यान्डको रुपमा मात्रै राख्ने उल्लेख छ ।

 

प्रकाशित : 1 May, 2024

प्रतिक्रिया दिनुहोस्