केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मधेशमा संस्कृति मन्त्रालय बजेटविहीन

सहयात्रा टिभी

काठमाडौं । वैशाख २०, मधेश प्रदेश सरकारले गत असोजमा विस्तार गरेको संस्कृति मन्त्रालय बजेटविहीन छ ।

शिक्षा तथा संस्कृति मन्त्रालयको संस्कृतितर्फ एक पैसा बजेट नरहेको मन्त्रालयका कार्यकारी सचिव महेन्द्र महतोले बताए ।

बजेट नहुँदा संस्कृतितर्फको कुनै काम अघि बढ्न सकेको छैन । उनले अब आगामी आर्थिक वर्षमा संस्कृति मन्त्रालय तर्फ बजेट विनियोजन हुने बताए ।

गत असोज तेस्रो साता मुख्यमन्त्री सरोजकुमार यादवले शिक्षा तथा समाज कल्याण मन्त्रालय फुटाएर शिक्षा तथा संस्कृति मन्त्रालय र खेलकुद तथा समाज कल्याण मन्त्रालय बनाएका थिए ।

जनमतका महेश प्रसाद यादवले सम्हालेको तत्कालीन शिक्षा तथा समाजकल्याण मन्त्रालय फुटाएर तत्कालीन बिनाविभागीय मन्त्री जसपाकी सुरिता साहलाई खेलकुद तथा समाज कल्याण मन्त्रीको जिम्मेवारी दिइएको थियो ।

शिक्षा तथा संस्कृति मन्त्रीको भने यादवलाई सम्हाले । अहिले उक्त मन्त्रालयको जिम्मेवारी एमालेका प्रमोद जयसवालले सम्हालेका छन् ।

 

प्रकाशित : 2 May, 2024

प्रतिक्रिया दिनुहोस्