राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

सहयात्रा टिभी

काठमाडौं । वैशाख २१, राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११ र १२ गते काठमाण्डौंमा बस्ने भएको छ ।

राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय समितिको बैठक तय गरेको जानकारी दिएका छन् । बैठकले समसामयिक राजनीतिक अवस्था र राप्रपाको आगामी आन्दोलनका कार्यक्रम बारे छलफल गर्ने बताइएको छ ।

प्रकाशित : 3 May, 2024

प्रतिक्रिया दिनुहोस्