मन्त्रिपरिषद् बैठकले ६ जना सचिवको सरुवा गर्ने निर्णय

सहयात्रा टिभी

काठमाडौ‌ं । वैशाख २१,  बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयका ६ जना सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकले सचिव दीपक काफ्लेलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेश पाण्डेलाई लगिएको छ ।

लुम्बिनी प्रदेश प्रमुख सचिव राधिका अर्याललाई उपराष्ट्रपतिको कार्यालयमा ल्याइएको छ ।

वन तथा वातावरण मन्त्रालयका सचिव दीपक खराललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पशुपन्छी विकास सचिवका रुपमा सरुवा गरिएको छ ।

पशुपन्छीका रेवतीरमण पौडेललाई कृषि विकास सचिवको जिम्मा दिइएको छ । कृषि सचिव गोविन्दप्रसाद शर्मालाई वन मन्त्रालयमा सरुवा गरिएको छ ।

 

 

 

प्रकाशित : 3 May, 2024

प्रतिक्रिया दिनुहोस्