प्रमुख निर्वाचन आयुक्त थपलियाको भारत भ्रमण स्वीकृत

सहयात्रा टिभी

काठमाडौ‌ं । वैशाख २१, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया आम चुनाव अवलोकनका लागि भोलि भारत जाने भएका छन् ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रमुख निर्वाचन आयुक्त थपलियाको भारत भ्रमण स्वीकृत गरेको हो ।

भारतको निर्वाचन आयोगले आम चुनावको अवलोकनका लागि निम्तो गरेको थियो । ९२ देशका निर्वाचन आयोगका पदाधिकारीलाई बोलाएको छ ।

पर्सि आइतबार त्यहाँको निर्वाचन आयोगका अधिकारीहरुले कसरी चुनाव हुँदैछ भनेर जानकारी गराउने कार्यक्रम छ ।

मंगलबार निर्वाचन अवलोकनको कार्यक्रम राखिएको छ । प्रमुख निर्वाचन आयुक्त थपलिया २७ गते स्वदेश फर्किने कार्यक्रम छ ।

 

प्रकाशित : 3 May, 2024

प्रतिक्रिया दिनुहोस्