केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रास्वपाले समग्र सहकारीको समस्या समाधान गर्ने गरी छानबिन समिति बनाउन तयार

सहयात्रा टिभी

काठमाडौँ । वैशाख २४, राष्ट्रिय स्वतन्त्र पार्टीले समग्र सहकारीको समस्या समाधान गर्ने गरी छानबिन समिति बनाउन तयार भएको छ ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने विषय उठाइरहेका छ ।

रास्वपाले संकटग्रस्त सहकारीको समग्र समाधान गर्ने गरी बन्ने छानबिन समितिका लागि तयार भएको जानकारी गराएको छ ।

व्यक्तिगत केन्द्रित नभई सहकारीमा देखिएका सबै समस्या समाधान निकाल्ने छानबिन समितिका लागि तयार भएको महामन्त्री एवं पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

व्यक्ति केन्द्रित नभई सम्पूर्णतामा समाधान निकाल्न रास्वपा सधैं तयार रहेको उनले बताए । गत शनिबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले समग्रतामा समाधान खोज्ने गरी छानबिन समिति बन्न सक्ने बताएका थिए ।

रास्वपाको जलेश्वरमा बसेको बैठकले सहकारी र लघुवित्तका समस्या र समाधानका विधि तय गर्न उप सभापति डा। स्वर्णिम वाग्लेको नेतृत्वमा कार्यदल बनाएको थियो । उक्त कार्यदलले प्रधानमन्त्री प्रचण्डलाई प्रतिवेदन बुझाएको छ ।

 

प्रकाशित : 6 May, 2024

प्रतिक्रिया दिनुहोस्