केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कर्णालीको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता हमाल नियुक्त

सहयात्रा टिभी

काठमाडौँ । वैशाख २४, कर्णाली प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता कृष्णबहादुर हमाल नियुक्त भएका छन् ।

हमाललाई मुख्यमन्त्री यामलाल कँडेलले सोमबार मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् । नवनियुक्त मुख्य न्यायाधिवक्तामा हमालले पद तथा गोपनियताको शपथसमेत लिएका छन् ।

उनलाई प्रदेश प्रमुख तिलक परियारको रोहवरमा उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश लोहितचन्द्र शाहले शपथ ग्रहण गराएका छन् ।

दैलेखको दुल्लु नगरपालिका–३, मालिकामा जन्मिएका हमाल हाल वीरेन्द्रनगर–५ मा बस्दै आएका छन् । २०४३ सालदेखि वकालतमा लागेका हमाल २०७३ मा वरिष्ठ अधिवक्ता बनेका थिए ।

 

 

 

प्रकाशित : 6 May, 2024

प्रतिक्रिया दिनुहोस्