केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जनकपुरमा हतियारधारीले सहकारीका कर्मचारीबाट ८० लाख लुटे

सहयात्रा टिभी

काठमाडौँ । वैशाख २४, जनकपुरमा हतियारधारीले सहकारी संस्थाका एक कर्मचारीबाट ८० लाख रुपैयाँ लुटेका छन् ।

शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर ८० लाख लुटिएको प्रहरीले जनाएको छ ।

महतोले मोटरसाइकलमा आएका दुई जना हतियारधारीले जनकपुरधाम उपमहानगरपालिका १९ बाट आफ्नो साथमा भएको रकम लुटेको बताएका छन् ।

महतो बैंकबाट रकम निकालेर सहकारीतर्फ जाँदै थिए । घटनाका विषयमा अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जनाएको छ ।

 

 

प्रकाशित : 6 May, 2024

प्रतिक्रिया दिनुहोस्