गुल्मीको रेसुङ्गा विमानस्थलमा यात्रुको चाप बढेपछि उडान थप
सहयात्रा टिभी
काठमाडौँ । वैशाख २४, गुल्मीको रेसुङ्गा विमानस्थलबाट साप्ताहिक रूपमा चार उडान हुने भएको छ ।
यसअघि तीन उडान गर्दै आएकोमा यात्रुको चापअनुसार एक दिन उडान थप गरिएको नेपाल एयरलाइन्स रेसुङ्गा विमानस्थल स्टेसन प्रमुख सुमन थापाले बताए ।
विमानस्थलबाट सोमबार, बुधबार र शुक्रबार उडान हुँदै आएको छ । अब साप्ताहिक रूपमा शनिबार थप गरेर हप्ताको चार पटक उडान गरिने भएको हो ।
विमानस्थलमा गत वर्षको वैशाख २९ गतेबाट नेपाल एयरलाइन्सले उडान गर्दै आएको छ । गुल्मीबाट एक वर्षको अवधिमा करिब ७० वटा उडानमा ८ सयभन्दा बढी नागरिकले हवाई सेवा लिएको थापाले बताए ।
अहिले गुल्मीबाट काठमाडौंका लागि ७ हजार ८० र काठमाडौंबाट गुल्मीका लागि ७ हजार २८० रुपैयाँ भाडा रहेको छ ।